Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । थाइल्याण्डले नेपाललाई तीन विकेटले हराएको हो । सोमबार बिहान भएको खेलमा ७७ रनको लक्ष्य थाइल्याण्डले १८ दशमलव ४ ओभरमा सात विकेटको क्षतिमा भेट्टयो ।

थाइल्याण्डका लागि चानिदा स्टथिरुएङले नटआउट २३ तथा नाट्टाकान चान्तामले १३ रन बनाइन् । नेपालकी निर्मला कुमारी शाहीले तीन तथा सरिता मगरले दुई विकेट लिइन् । यसअघि मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनायो ।

नेपालका लागि निर्मला कुमारीले सर्वाधिक ३६ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका चारजना खेलाडी रन आउट भएका हुन् । पहिलो खेलमा नेपाल आइतबार आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

सोमबार नै भएको अर्को खेलमा हङकङले चीनलाई ४० रनले हरायो । दुवै खेल जितेका हङकङ र थाइल्याण्ड समान चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । नेपालले भने अंक जोड्न सकेको छैन । प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ । तर लगातार दोस्रो हारसँगै नेपालको छनौट हुने सम्भावना लगभग सकिएको छ । नेपालले मंगलबार चीनसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया