Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं– महानवमीका दिन उपत्यकाका तीनवटै तलेजु मन्दिर खुल्ला गरिने परम्परा अनुसार सोमबार बिहानैदेखि तलेजुका मन्दिर नागरिकको दशर्नका लागि खुला गरिएको छ ।

ff

हरेक वर्ष महानवमीका दिन मात्र काठमाडौं, ललितपुर र भक्तपुरमा रहेको तलेजु भवानीको मन्दिर खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिरहरु खुल्ला गरिएको हो ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ ।

त्यसैले, हरेक वर्ष महानवमीका दिन तलेजु भवानी मन्दिरमा आउने विश्वासका साथ सोमबार तलेजुमा दर्शनार्थीको घुँइचो लाग्छ । अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीर भित्र कुमारीको रुपमा प्रवेश गरेकी थिइन् । त्यसैबेला देखि काठमाडाैं, ललितपुर र भक्तपुरमा कुमारी लक्षण भएकी बालिकालाई कुमारीको रुपमा पूजिन थालिएको हो ।

कुमारी घरमा राखिएका कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लैजाने परम्परा पनि छ । तलेजु मन्दिरसँगै कुमारीको दर्शन गर्ने र विजयादशमीको दिन कुमारीको हातबाट टीका थाप्ने चलन छ । साथै नेवार समुदायमा सोमबार घरघरमा ससाना बालिकालाई मयूरको आसन बनाएर रातो लुगासहित श्रृगार गरेर निधारभरी चन्द्राकार टीकाले भरेर कुमारी पूजा गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया