Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई ७७ रनको लक्ष्य दिएको छ । मिसन रोड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनाएको हो ।

नेपालका लागि निर्मला कुमारीले सर्वाधिक ३६ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका ४ जना खेलाडी रन आउट भएका हुन् । थाइल्याण्डले जवाफी ब्याटिङ गर्दै छ ।

पहिलो खेलमा नेपाल आइतबार आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो । प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ ।

तपाईको प्रतिक्रिया