Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

कोलिम्बिया – यसवर्षको नोबेल शान्ति पुरस्कार विजेता कोलिम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले पुरस्कार बापत पाएको रकम द्वन्द्व प्रभावितका लागि खर्चिने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति सान्तोसले पुरस्कारबाट पाएको रकम आफ्नो देशमा चलेको ५२ वर्षे द्वन्द्वका प्रभावितको सहयोगका लागि खर्च गर्ने बताउनुभएको हो । राष्ट्रपति सान्तोसले पुरस्कार स्वरुप आफूले पाउने ९ लाख २५ हजार अमेरिकी डलर द्वन्द्व प्रभावितको सहयोगका लागि खर्च गरिने बताउनुभयो ।

५२ वर्षदेखिको फार्क बिद्रोह अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेकाले राष्ट्रपति सान्तोसलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न लागिएको हो ।

फार्क बिद्रोहीसँगको चार वर्ष लामो वार्तापछि केही हप्ता अघि भएको शान्ति सम्झौता भएसँगै फार्क बिद्रोह अन्त्य भएको थियो । यसका लागि सान्तोसले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

एक हप्ताअघि भएको जनमतसंग्रहमा कोलम्बियन नागरिकले सरकार र फार्क बिद्रोहीबिच भएको शान्ति सम्झौता झिनो मतले अस्वीकार गरेका थिए । जनमतसंग्रह पछिको अवस्था बारे अहिले दुवै पक्षबिच छलफल भइरहेको छ । फार्क बिद्रोहको क्रममा दुई लाख ६० हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया