Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – विश्व हुलाक दिवस आइतबार मनाईंदै छ । सन् १८७४ मा युनिभर्सल पोस्टल युनियन युपियु गठन भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिएको हो ।

सन् १९६९ मा जापानको टोकियोमा भएको युपियुको कांग्रेसले अक्टोबर ९ लाई दिवसको रुपमा मनाउने घोषणा गरेयता विश्वभर यो दिवस मनाउन सुरु भएको हो । मानव सभ्यताको विकाससँगै सञ्चारको पहिलो र मुख्य माध्यमको रुपमा रहेको चिठ्ठी पत्रको सेवालाई मर्यादित र परिस्कृत गर्न हुलाक दिवसले सहयोग गरेको छ ।

प्रविधिको विकाससँग सञ्चारका अरु विभिन्न सरल, सहज र छरितो माध्यम आएका छन् । तर यि सबै माध्यमको आधार हुलाक सेवा नै रहेकाले यसको संरक्षण तथा विकासका लागि सबैले जोड दिनु पर्नेमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले जोड दिनुभएको छ ।

 नेपालमा केही वर्ष अघिसम्म आआफ्ना आफन्तसँगको सम्पर्क तथा औपचारिक कामका लागि हुलाक सेवाको प्रयोग अनिवार्य जस्तै थियो । मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको विकासका कारण अहिले केही कम भएको छ । तर हुलाक सेवाको महत्व भने घटेको छैन ।

तपाईको प्रतिक्रिया