Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालको मौसम दसैँको टीकाको दिनसम्म नै बदली हुने मौसमविदले अनुमान गरेका छन् ।

भारतको पश्चिम बंगाल र आन्द्रा प्रदेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले टीकाको दिनसम्म नै मौसम खुल्ने सम्भावना नभएको मौसमविद समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दिउँसो एकैछिन खुलेपनि बेलुकीपख फेरि बदली भइ हल्का पानी पर्छ ।

सामान्यतया जुन १० तारिखमा सुरु भएको मनसुन सेम्टेम्बर २३ तारिखमा सकिन्छ । तर केही वर्षयता एक हप्ता लम्बिएको मनसुन यो वर्ष झण्डै दुई हप्ता लम्बिएको छ । सकिने बेलामा न्यूनचापिय क्षेत्र बनेकाले मनसुन लम्बिएको मौसमविद श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पूर्वी वायु कमजोर भएपछि मनसुन पनि सकिन्छ । तर अझै पनि पूर्वी वायु बहिरहेको छ । मनसुन सकिन देशभरका वर्षा मापन केन्द्रमध्य ९० प्रतिशत स्टेशनमा तीन दिनसम्म पर्नु हुँदैन ।

तर अहिले धेरै ठाउँमा पानी परिरहेपछि अझै केही दिन लम्बिने अनुमान गरिएको हो । अबको तीन दिनभित्रमा पश्चिम नेपालमा भने मनसुन सकिने मौसमविदको अनुमान छ ।

तपाईको प्रतिक्रिया