Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

मकवानपुर – पूर्वपश्चिम राजमार्गको मकवानपुरस्थित मनहरी गाविस–३ कत्लेखोलामा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा ६५ जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान पौने पाँच बजे दुई बस एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अन्य सामान्य चोटपटक लागेका यात्रुहरुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले बताउनुभयो । दुवै बसका चालकहरु घाइते भएको र दुवै बस तीव्रगतिमा रहेकाले मोडमा ठोकिएको बताइएको छ

तपाईको प्रतिक्रिया