Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्व विजेता जर्मनीले विश्व कप २०१८ को छनौट खेलमा लगातार दोस्रा जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलार्य ३–० ले हराएको हो । जर्मनीको जितमा थोमस मुलरले दुई तथा टोनी क्रसले एक गोल गरे । १३ औं मिनेटमा मुलरले गोल गर्दै जर्मनीलार्य सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेको जर्मनीको अग्रता ४९ औं मिनेटमा क्रसले गोल गरेपछि दोब्बर भयो । ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मुलरले जर्मनीलाई ३–० को जित दिलाए ।

समूह सीमा रहेको जर्मनी दुई खेलबाट ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । एक अंकसहित चेक गणतन्त्र चौथो स्थानमा छ । समूह सी अन्तर्गत नै राति भएको खेलमा नर्वे अजरबैजानसँग १–० पराजित भयो ।

अर्को खेलमा नर्दन आयरल्याण्डले सान मारिनोलाई ४–० ले हरायो । लगातार दुई खेल जितको अजरबैजान ६ अंकसहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया