Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

मोरङ – कोसी राजमार्ग अन्तर्गत मोरङको टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा २४ यात्रु घाइते भएका छन् ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नंको यात्रुवाहक बस शुक्रबार साँझ टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडि ठोकिएको थियो ।

दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको हो । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया