Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

हाइटी – हाइटीमा म्याथ्यु आँधीका कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ । अमेरिका तर्फ गएको म्याथ्यु आँधीले हाइटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको छ ।

m1

संयुक्त राष्ट्रसंघले हाइटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्न सक्ने बताएको छ । यसअघि चार सय जनाको ज्यान गएको भनिएकोमा ज्यान गुमाउनेको संख्या एकैचोटी दोब्बर भएको हो ।

आँधीका कारण हाइटीको दक्षिणी क्षेत्रमा बढी प्रभाव परेको छ । प्रभावित क्षेत्रमा उद्दार तथा राहतको काम भइरहेको छ । बढी प्रभावित भएका केही शहरमा हवाई तथा जल मार्गबाट मात्र पुग्न सकिने विश्व खाद्य कार्यक्रम डब्लुएफपीले जनाएको छ ।

तीब्र गतिमा आएको आँधीका कारण ज्यान गुमाउनेमा दक्षिण–पश्चिमी तटीय क्षेत्रका बासिन्दा रहेको हाइटी सरकारले जनाएको छ । म्याथ्यु आँधी अहिले अमेरिकाको फ्लोरिडा राज्यको तटीय क्षेत्रमा पुगेको छ ।

तपाईको प्रतिक्रिया