Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

बेल्जियम – यूरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रवासमा रहेका नेपालीहरुको आधुनिक ज्ञान, सीप र क्षमतालाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिएका छन् ।

01

विश्वको कुनाकुनामा छरिएर रहेका प्रवासी नेपालीहरुले देखे र भोगेका अनुभव स्वदेशका लागि उपयोगी हुनेमा जोड दिँदै यादवले आधुनिक विश्वले दिएको सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न प्रवासी नेपाली र नेपाल सरकार दुवैलाई सुझाव दिएका हुन् ।

फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेल्जियमले ब्रसेल्समा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतितक अवस्था, चुनौति र सम्भावना’ बिषयक बृहत् अन्तरक्रियालाई प्रमुख अतिथिको हैसियतले फोरम नेपालका अध्यक्ष यादवले सम्बोधन गरेका छन् ।

02

पूला शेर्पाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमलाई सम्बोेधन गर्दै यादवले भने,– ‘नेपालमा लगानीको उचित वातावरण बन्ने हो भने प्रवासी नेपाली समाजबाट स्वदेशलाई धेरै लाभ हुन सक्छ । भ्रष्टाचार, कमिशनयन्त्र, लूटतन्त्रलाई नियन्त्रण गरी जलस्रोत, पर्यटन, कृषि र मानवीय साधन र शक्तिको विकास गरी प्रवासी नेपालीहरूको सीप र क्षमतालाई मुलुकमा लगानी गरी विकास गन सकिन्छ ।’

03

यसैगरी, संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले नेपालमा संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैअघिनै संशोधन प्रस्ताव दर्ता हुने सार्वजनिक प्रतिबद्धता जनाएको अवस्थामा पनि संशोधन प्रस्ताव दर्ता नभएकोमा उनले चिन्ता जाहेर गरेका हुन् ।

संविधानलाई दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प नभएको यादवले दोहर्याए । ‘संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, खस, मुश्लिम, थारू,दलित, महिला, लगायत राज्यद्धारा बहिष्करणमा पारिएका सम्पूर्ण समुदायहरूको मुद्दालाई सम्बोधन गरिनु पर्दछ’– उनले भने ।

अन्तरक्रियामा बेल्जियमस्थित विशिष्ट अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत घनश्याम भण्डारी, विभिन्न वैचारिक राजनीतिक, जातिय पहिचान, वर्गीय, क्षेत्रिय संघ संगठनको अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया