Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा आज बिहान ६ः१५ बजे एउटा बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बुटवलबाट काठमाडौँतर्फ गुडिरहेको ना ६ ख ८८७ नंको बस र काठमाडौँबाट बुटवलतर्फ गुडिरहेको बा २ ख २०४१ नंम्बरको हाइस गाडी एकआपसमा जुध्दा १० जना घाइते भएका छन् । हाइसका गाडी चालकको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको नाम ठेगाना खुल्न सकेको छैन ।

घाइतेमध्ये पाँचजनाको दलदलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ । तीनजना गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइतेमा हाइसका यात्रु बढी रहेका छन् ।

तपाईको प्रतिक्रिया