Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

टोकियो – जापानको एक प्रतिष्ठित आइटी कम्पनीमा कार्यरत नेपाली विष्णु भण्डारी आगामी डिसेम्बर महिनामा हुन लागेको स्पीच कन्टेस्ट प्रतियोगितामा सहभागी हुने भएका छन् । उनले यो प्रतियोगिताबाट जापानमा नेपाललाई चिनाउन सक्नेछन् । एक हजार भन्दा बढी प्रतियोगि सहभागी हुने सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गदै भण्डारी सहभागी हुन लागेका हुन् ।

bisu

पहिलो चरणमा भिडियो मार्फत उनको अपिललाई अनलाइन भोटिङका आधारमा छनौट गरी दोस्रो चरणमा पुग्ने छन । जसका लागि तल दिइएको लिकंमा गएर ३०३ नम्बरको प्रतियोगिलाई भोट गर्नुपर्ने छ । भोट एक दिनमा एक पटक गर्न मिल्ने यो तलको लिकंमा क्लिक गर्नुपर्ने छ ।

https://mote1.jp/Mote1Contest/comment/3378

आगामी डिसेम्बर ३ तारिखमा जापान टोकियो स्थित माकुहारी मेस्सेमा हुन लागेको मोतेकोन २०१६ को स्पिच प्रतियोगितामा सहभागी हुनका लगी भण्डारीले आफ्नो भिडियो इन्टरनेटमा राखेका छन् । अक्टोबर महिनाभरि गरिएको भोटको आधारमा भण्डारी दोस्रो चरणमा प्रवेश गर्नेछन् । कुल सहभागी ३०३ नम्बरमा दर्ता गराएका उनी अहिले १४ स्थानमा उक्लिसकेका छन् ।

उनलाई भोट दिनका लागि तलको पेजमा क्लिक गर्नुपर्नेछ । पहिलो चरण पार गरेको खण्डमा भण्डारीले नोवेम्बर महिना भरि जापानको विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी भएर आफ्नो तथा नेपालको बारेमा साथै प्रतियोगितमा बारेमा पनि जानकारी गराउन पाउनेछन् ।

https://mote1.jp/Mote1Contest/comment/3378

तपाईको प्रतिक्रिया