Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन आँबुखैरेनी सडक खण्डमा बिहीबार बेलुका फेरि पहिरो गएको छ । तनहुँको आँबुखैरेनी-७ ऐनापहरामा बिहीबार बेलुका साँढे ५ बजेतिर फेरि पहिरो गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

बुधबार बिहान पहिरो खसेको दश घण्टापछि एकतर्फी गाडी सुचारु भएको पृथ्वीराजमार्गमा बिहीबार दिउँसोदेखि दुईतर्फी नै गाडी सञ्चालनमा आएको थियो । बिहीबार बेलुका पहिरो खसेसँगै पृथ्वीराजमार्ग पुनः अबरुद्ध बनेको छ ।

दुई वटा डोजरको प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक रमेश प्रसाद श्रेष्ठले बताउनुभयो । बारम्बार पहिरो खसिरहँदा पहिरो हटाउने कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया