Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

बेनी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको प्रथम साधारण सभा नौ बुँदे घोषणापत्र जारी गर्दै बिहीबार बेनीबजारमा सम्पन्न भएको छ ।

mona-1साधारण सभाले बिदेशमा सिकेका सीप, अनुभव र आर्जित पुँजीलाई गृहजिल्लाको आर्थिक बिकासका लागि लगानीमा जोड दिने लगायतका ९ बूँदे घोषणापत्र पारित गरेको छ ।

दुई दिनसम्म चलेको साधारणसभामा मोनाको १८ देशका ५६ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पर्यटनको अथाह संभावना रहेको म्याग्दीमा उपयुक्त स्थानहरुको पहिचान गरी ति क्षेत्रका विकासका लागि स्थानीय जनता र नेपाल सरकारसंग समन्ववय गर्दै अगाढि बढ्ने निर्णय साधारण सभाले गरेको छ ।

निःशुल्क इन्टरनेट सेवा विस्तार गरी म्याग्दीलाई सूचना प्रबिधिमा नमुना जिल्लाकारुपमा बिकास गर्न स्रोत जुटाउने सम्बन्धमा भएको सम्झौतालाई साधारणसभाले अनुमोदन गरेको छ । उक्त परियोजनाका लागि हालसम्म ५० लाख रुपैयाँ जुटिसकेको र थप रकम संकलन कार्य जारी रहेको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो ।

जिल्लालाई कृषि, पशुपालन, पर्यटन, जडिवुटी, जलविद्युत र खनिज स्रोतको परिचालन गरी समृध्द र आत्मनिर्भर बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । जिल्लाका प्रकृतिप्रकोप पीडितहरुलाई राहत र मानविय सेवा तथा परोपकारी कार्यका लागि आकस्मिक कोष निर्माण गर्ने निर्णय गरेको साधारण सभाले मौलिक कला, सँस्कृतिको संरक्षणका साथै जिल्लाका कलाकर्मी र खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यमा जोड दिने निर्णय गरेको छ ।

साधारण सभामार्फत मोनाले संस्थागत विकासमा जोड दिनुका साथै बिधानका केही बुँदाहरुमा संशोधन गरेको जनाएको छ । साधारण सभाको समापन समारोहमा ब्यवस्थापिका संसदका सांसद नवराज शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीबनबहादुर विश्वकर्मा लगायत मोनाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै जिल्लाको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने उद्देश्यले २०६६ सालमा दर्ता भएको मोनाको गत वर्ष बेनीमा भएको पहिलो विश्वसम्मेलन पछि भएका गतिबिधि र उपलब्धीहरुका बारेमा साधारण सभामा गहन समीक्षा र छलफल भएको महासचिव घनश्याम शाहीले समुद्रपारिलाई बताउनुभयो ।
साधारण सभाको बुधबार सांसद शर्माले उदघाटन गर्नुभएको थियो ।  सोही सांझ कलाकारहरुले सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । ***
mona-2 mona-3 mona-5 mona-4 mona-6 mona-7
a b c d e mona-bbb

तपाईको प्रतिक्रिया