Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

पाँचथर – दसैँ मनाउन घर हिँडेका पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलासहित पाँच कर्मचारी गाडी दुर्घटनामा परि घाइते भएका छन् ।

बिहीबार बिहान पाँचथरबाट झापातर्फ जाँदै गरेको जिल्ला विकास समिति पाँचथरको मे १ ज ३७३ नम्बरको गाडी मेची राजमार्गको पाँचथर इलाम खण्डको पुवा खोला नजिकै मिल गोलाईमा दुर्घटना भएको हो ।

सडकबाट झण्डै ५० मिटर तल झरेको गाडीमा सवार पाँच जना कर्मचारी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा परि धमलाको हात भाँचिएको छ ।

जिल्ला प्राविधिक कार्यलय पाँचथरकी सह लेखापाल कौशिला दहालको खुट्टा र जिल्ला मालपोत कार्यालय पाँचथरका कर्मचारी विनोद ढुंगेलको ढाडमा चोट लागेको छ । जिविसका कार्यालय सहयोगी विजय कार्की र चालक वीरबहादुर तामाङका छोरा पनि घाइते छन् । घाइते सबैलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको छ ।

तपाईको प्रतिक्रिया