Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकारले निर्वाचनको तयारी गरिरहेकाले त्यसैअनुरुपको शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी संगठनलाई निर्देशन दिनुभएको छ ।bimalendra_nidhi_copy3-1024x768

६१ औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको र त्यसको तयारी सरकारले गरिरहेको बताउनुभयो । निधिले तीन तहको निर्वाचनका लागि सुरक्षाको वातावरण तयार पार्न पनि निर्देशन दिनुभयो । सरकारले निर्वाचनका लागि सहमतिको वातावरण तयार गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राज्यको दायित्व पूरा गर्न प्रहरी संगठन सधैं प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले प्रहरी संगठनलाई भौतिक संरचनामात्रै नभएर गृहमन्त्रालय र सरकारले अविभावकत्व पनि दिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया