Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

बर्दिया – नेकपा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

आफ्नै निर्वाचन क्षेत्र बर्दिवासमा आज बडादशैं , तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यही मुख्य कार्यभारबाट निर्दे्शित भएर अहिलेको सरकार संविधान प्रक्रियामा जुटेको बताउनुभयो । संविधान निर्माण र घोषणा ऐतिहासिक उपलब्धि भए पनि मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गरे मात्र संविधानप्रति सबैको अपनत्व हुने बताउनुभयो ।

संविधानको सफल कार्यान्वयनका लागि नै संशोधनको आवश्यकता परेकाले यसबारे नेकपा एमाले लगायतका दलहरु सकारात्मक हुनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा पत्रकारको जिज्ञासामा पूर्वमन्त्री पोखरेलले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव चाँडै नै व्यवस्थापिका–संसद्मा दर्ता हुने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया