Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – आज बडादसैंको छैटौँ दिन । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको नेपालीहरूको महान् पर्व बडादसैंको छैटौँ दिन अन्तर्गत आज माता कात्यायनी देवीको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ्र । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ । katyayani350

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवधिभर मुलुकभर रहेका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । दसैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमी भनिन्छ ।

यो पर्वमा माता दुर्गाले महिषासुर, शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैंका प्रमुख तिथिहरू हुन् ।

तपाईको प्रतिक्रिया