Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

बेनी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको बुधबार जिल्ला सदरमुकाम बेनी बजारमा प्रथम साधारण सभाको उदघाटन भएको छ ।

बुधबार र बिहिबार गरी दुई दिनसम्म चल्ने साधारण सभाको सभासद नवराज शर्माले दिप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

mona-1सो समारोहमा बोल्दै सभासद शर्माले प्रवासी म्याग्देलीहरुले आफ्नो कमाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आव्हान गरे । सभासद शर्माले बार्षिक ४ अर्व रेमिट्यान्स भित्रिने म्याग्दीमा विद्युत उत्पादन देखी कृषि, पर्यटन, ब्यापार, उद्योग लगायतका क्षेत्रमा लगानी हुन सकेमा मात्र समृद्ध म्याग्दी बनाउने अभियान प्रभावकारी हुने बिचार ब्यक्त गरे । यसैगरी बिशेष अतिथि एनआरएन आइसीसीका सचिव अर्जुन श्रेष्ठले प्रवासी म्याग्देलीको एकताबाट एनआरएन अभियानमा समेत सहयोग पुगेको बिचार ब्यक्त गरे ।

यसैगरी प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले बैदेशिक रोजगारबाट जिल्लामा भित्रिएको रकमबाट सामाजिक क्षेत्रमा समेत सहयोग भइरहेकोमा खुशी ब्यक्त गरे । साधारण सभामा मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनकुमार विश्वकर्मा, राजनीतिक दलको तर्फबाट अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष डम्बरबहादुर बानियाँ, सगरमाथा आरोहणको तयारीमा रहेका दृष्टिविहिन अमृत विश्वकर्मा लगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा मोनाको अभियानमा बिभिन्न ढंगले सहयोग गर्नेहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

समारोहको प्रारम्भमा साधारण सभा आयोजक समितिका संयोजक एवम मोनाका वरिष्ठ उपाध्यक्ष विनोद कुँवरको स्वागत मन्तब्य रहेको थियो । मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीको सभापतित्वमा भएको सो समारोहमा महासचिव घनश्याम शाही, नेपाल जेसीजका निवर्तमान अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको सञ्चालन रहेको थियो ।

समारोहमा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । साँगीतिक कार्यक्रममा लाली बुढाथोकी, सम्भोज मल्ल, रामगगन बिश्वकर्मा, कुमारी चेपाङ, बिमला श्रीष, सरिष्मा पुन, शिला गुरुङ, कोपिला गुरुङ लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।

बिहिबार हुने बन्दसत्रमा एक वर्षे कार्यकालको प्रगतिप्रतिबेदन, आर्थिक प्रतिबेदन, विधान सहित आगामी कार्यदिशालगायतका विविध बिषयमा छलफल हुने बताईएको छ ।***

तपाईको प्रतिक्रिया