Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपाल र भारत प्रवुद्ध समितिको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा बुधबार सकिएको बैठकले सन्धिलाई समयानुकुल संशोधन तथा पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति भएको हो ।

nepa

तीन महिनाअघि नेपालमा बसेको प्रवुद्ध समूहको बैठकले अहिलेसम्मका सबै सन्धि तथा सम्झौताहरु पुनरावलोकन गर्ने र आवश्यकता अनुसार अध्यावधिक गर्ने साथै राजनीतिक विषय, दुई देशबीचको सम्बन्ध, आर्थिक व्यापार, पारवहन लगायतका विषयमा काम बाँडफाँड गरेर अघि बढ्ने सहमति गरेको थियो । यसबारे प्रारम्भिक छलफल सुरु भएको र आउँदो डिसेम्बरमा नेपालमा हुने बैठकमा थप छलफल हुने नेपाली टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया