Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

इलाम – माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका ४०० महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ । रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ ।

शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान भनि हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका एकसय ६९ जना र १८ वर्ष माथिका दुईसय ३२ जना महिला रहेका छन् । सोही अवधिमा विद्यालय पोसाकमै रहेका १२ बालिकालाई भारतको दार्जिलिङ, सिलिगुढी, मिरिक, सुकियालगायतका स्थानबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी उहाँले दिनुभयो । यसरी विदेशिने ५१ जिल्लाका महिला र बालिका रहेको पाइएको छ ।

खोजी गरिदिन भन्दै आएका निवेदनका आधारमा अझै ठूलो सङ्ख्यामा हराएका बालिका र महिला भेटिएका छैनन् । गरिबी, बेरोजगारी, अशिक्षा, घरेलु ंिहंसा र भूकम्पका कारण इलामसहित नुवाकोट, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट हराएका महिला र बालिकाको सङ्ख्या उच्च रहेको कार्यक्रम संयोजक ढकाल बताउनुहुन्छ । सीमावर्ती क्षेत्रका आठ गाविसमा महिलाकै सक्रियतामा निगरानी समूह बनाएर नियमित गस्तीसमेत गरिरहेको बताइएको छ ।

आर्थिक वर्ष २०७३/०७४ को दुई महिनाको अवधिमा इलामबाट १४ जना हराएकामा तिनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवको भनाइ छ । हराएका महिला खोजी गरिदिन अनुरोध गर्दै प्रहरीमा दिएको उजुरीका आधारमा बर्सेनि १६ देखि ४० वर्ष उमेर समूहका महिला हराउने गरेको पाइएको छ ।

आव ०७२÷०७३ मा जिल्लाबाट हराएका ७६ महिला तथा बालिका अझै पत्तो नलागेको प्रहरीले जनाएको छ । आव २०७१/०७२ मा एकसय २५ महिला हराएकामा ८६ जना फेला परेपनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । आव २०७०/०७१ मा एकसय १६ जना हराएकामा ८५ जना भेटिएपनि ३१ जना अझै फेला परेका छैनन् ।

तपाईको प्रतिक्रिया