Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काश्मिर – भारत प्रशासित जम्मु–काश्मिरमा भारतीय प्रशासनले स्थानीय पत्रिका प्रकाशनमा गरेको अवरोधको अधिकारकर्मीले विरोध गरेका छन् । काश्मिरको अंग्रेजी दैनिक पत्रिका ‘द काश्मिर रिडर’ को प्रकाशन भारतीय अधिकारीको अवरोधका कारण आइतबारदेखि बन्द भएको छ ।

dd

काश्मिरमा केही महिनादेखि चलेको तनावपछि भारतीय प्रशासनले पत्रिकाको प्रकाशन बन्द गराएका हुन् । भारतीय अधिकारीले पत्रिकाले हिंसालाई उकास्ने काम गरेको आरोप लगाएका छन् ।

प्रशासनको कार्यले स्वतन्त्र पत्रकारिताको अधिकारमा प्रहार भएको अधिकारवादी समूहले बताएका छन् । गएको जुलाइदेखि काश्मिरमा चलेको तनावका कारण अहिलेसम्म ८० भन्दा धेरै मानिसको ज्यान गएको छ । यस्तै सयौं मानिस घाइते भएका छन् ।

श्रीनगरबाट गएको चारवर्षदेखि प्रकाशन हुँदै आएको द काश्मिर रिडर स्थानीय स्तरमा लोकप्रिय पत्रिका हो । गएको आइतबार स्थानीय अधिकारीले प्रकाशन बन्द गर्न दिएको निर्देशनको पत्रसहित आफ्नो कार्यालयमा आएको पत्रिकाका सम्पादक मिर हिलाले बताउनुभयो । पत्रिकाको प्रकाशन बन्द गएराको घटनाको पत्रकार तथा अधिकारकर्मीले बिरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया