Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

भक्तपुर – रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग गर्न नदिनका लागि यस्तो नीति आवश्यक भएको बताउनुभएको हो ।bal-krishna-khand

देशको वर्तमान सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउँदै रक्षामन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउनुभयो । उहाँले नेपाल सार्क मुलुकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै शीघ्र सार्क सम्मेलन गर्न प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक प्रसङ्गमा उहाँले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्न प्रमुख दलबीच सहमतिका लागि संवाद भइरहेको र दसैँ–तिहारपछि छलफललाई मूर्तरुप दिँदै संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधनपश्चात् मधेसी दललाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वातावरण तयार हुने समेत दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया