Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको सहमतिमा चाँडो शिखर सम्मेलनका लागि नेपालले भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री डा महतले सार्क सम्मेलन स्थगित भएपछि सरकारले सार्क राष्ट्रको अध्यक्षको नाताले सबैलाई सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिनुभयो । सार्कको बडापत्रमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रबीच सहमति हुनु अनिवार्य आवश्यक रहेको जानकारी दिँदै उहाँले भन्नुभयो,‘चाँडोभन्दा चाँडो सबैको सहभागिता निश्चित हुने गरी सम्मेलन गर्न वातावरण बनाउन हामी पहल गर्छौं ।’

नेपाल अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा रहेको बताउँदै उहाँले नेपालले एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्ति कूटनीतिक रुपमा महत्वपूर्ण रहेको बताउँदै केही दलले उक्त विज्ञप्तिले राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर टिप्पणी गरेकामा चिन्ता गर्नुभयो ।

तपाईको प्रतिक्रिया