Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सकहरुले आकस्मिक र शल्यक्रिया बाहेकका काम गर्न छाडेका छन् ।

मेडिकल शिक्षामा देखिएका विकृति हटाउन माग गर्दै ९ औं आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीको समर्थन गर्दै अस्पतालका तीन सय आवासीय चिकित्सकले आकस्मिक र शल्यक्रिया बाहेकका पठनपाठनमा काम गर्न छाडेका हुन् । डा. केसीका माग सम्बोधन गर्न सरकारले पहल नगरेको भन्दै आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

यसैबीच नौ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ । रगतमा अक्सिजनको मात्रा कमी, मांसपेशी बाउँडिने, छाती दुख्ने, रिंगटा लाग्ने समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया