Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – एयरपोर्टका श्रमिकहरुले तलब र दशैं खर्च वृद्धिको माग गरेका छन् । मंगलबार बिहानै एयरपोर्टमा पुगेर एयरपोर्टका श्रमिकहरुले सरकार, ठेकेदार र एयरपोर्ट व्यवस्थापनलाई यसैगरि खबरदारी गर्दै तलब र दशैं खर्च वृद्धिको माग गरेका हुन् ।airport-andolan-2

उनीहरुले बिहान ९ बजे देखि १० बजे सम्म एयरपोर्ट भित्र धर्ना समेत दिएका छन् । ‘हामी पनि दशैंमा रमाउने रहर ! प्रशासन र ठेकेदार किन बेखबर !ʼ ʽडिजी, जिएम, मन्त्री जहाजमा क्यानडा सरर ! श्रमिकको आँखामा आँसु धरर ! ʼभन्ने नारा लगाएका थिए । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुलाई दशैंमा तलब र पेश्की रकम उपलब्ध नभएको भन्दै श्रमिकहरु आन्दोलित बनेका हुन् । उनीहरुले १९ गते हबाइ प्रधिकरणका महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने बताएका उनीहरुले ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।

यस्तै उनीहरुले २० गते एयरपोर्टमा काम नगरि दुई घन्टा बन्द गर्ने बताएका छन् । २१ गते सरसफाइ देखि सबै काम बन्द गर्ने र मानव अधिकार कार्यालय संसद भवनमा लबिङ गर्ने मजदुरहरुले बताएका छन् । यस विषयमा कुसे औंसिका दिन नै मन्त्री, सचिव, महानिर्देशकलाई ज्ञापनपत्र बुझाएपनि शान्तिपूर्ण मागको वेवास्ता भएपछि हड्तालमा उत्रन बाध्य भएको मजदुरहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया