Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बस सेवा सुरु गरेको छ ।aarmy

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आजदेखि सुरु भएको सेवाअन्तर्गत काठमाडौँदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन भएको छ । उक्त सेवा प्रति सैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी सेनाले असोज २४ देखि २६ गतेसम्म तीन दिन काठमाडौँ उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा सुविधा पुर्याउन छुट्टाछुट्टै मार्गमा बस सञ्चालन गर्ने जनाएको छ । ती बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालन हुने प्रबन्ध मिलाइएको र मार्गसम्बन्धी विवरण पछि जानकारी गराइने निर्देशनालयकोे विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया