Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले दसैँ तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गर्नु भएको छ ।

सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएको भन्दा बढी भाडा असुल गर्दा समेत प्रशासन मूकदर्शक बनेको उहाँहरुको आरोप थियो ।

उहाँहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायत घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया