Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – विकाशिल देशका झण्डै २० प्रतिशत बालबालिका अत्यन्त गरिबीको अवस्थामा रहेको विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

विकासशिल देशका ३८ करोड ५० लाख बालबालिका अत्यन्त गरिब छन् । यि बालबालिका एक दिनको १.९० अमेरिकी डलर भन्दा कम आम्दानी भएको परिवारका रहेको प्रतिवेदनमा उल्लेख छ ।

गरिबीमा बाँच्न बाध्य बालबालिका मध्ये आधाको बसोबास सब–सहारा अफ्रिकामा रहेको युनिसेफले जनाएको छ । यस्तै दक्षिण एसियामा एक तिहाई बालबालिका छन् ।

विश्व बैंक र युनिसेफले प्रभावित देशका सरकारलाई गरिबीका कारण समस्यामा रहेका बालबालिकाको अवस्था सुधारका लागि तत्काल प्रयास थाल्न आग्रह गरेका छन् । गरिबीका कारण बालबालिकाको समग्र विकासमा असर परेको युनिसेफको भनाई छ ।

अभावका कारण उनीहरुको शारीरिक तथा मानसिक विकासमा गम्भीर असर परेको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० भित्रमा अत्यन्त गरिबी हटाउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया