Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – बडादसैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्मान्डा माताको पूजा आराधना गरिँदैछ ।

kumanda-mata

कुष्मान्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीककोरुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्मान्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्मान्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुंगी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्मान्डा माताले हातमा रक्तपूर्ण दुईओटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधारवस्तु बताइएको छ ।

देवी कुष्मान्डाले ब्रह्मान्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहकोसमेत रचना गरी पूरै सौरमन्डल सन्चालन गरेको देवी भागवत्लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्मान्डाको लौकिक अर्थ कुभिन्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिन्डोलाई कुष्मान्डा देवीको प्रतीक मानेर दसैंमा यसको पूजाआजा गर्ने चलन छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिन्डाको विधिपूर्वक पूजा गरी बलिसमेत चढाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया