Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – डा. गोविन्द केसीका मागलाई समर्थन गर्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकले मंगलबारदेखि आन्दोलन थाल्दैछन् ।

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसनले डा. केसीका  मागप्रति सम्बन्धित निकाय गम्भीर नभएको भन्दै अत्यावश्यक र शल्यक्रियाबाहेक पठनपाठनको काममा सहभागी नहुने घोषणा गरेको हो ।

एशोसियनका अध्यक्ष लिजन महर्जनले नवौंपटक अनसनमा रहेका डा. केसीको स्वास्थ्य स्थिति खस्किदै गएकाले माग सम्बोधन गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ ।

यसैबिच, ९ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य बिग्रदै गरेको छ । उहाँलाई रिंगटा लाग्ने, मांसपेशी तथा छाती दुख्ने समस्याकासाथै पिसाबमा एसिटोन देखिएको छ ।

स्वास्थ्य बिग्रदै गएपछि उहाँको कोठामा भेन्टिलेटर र मुटुको चाल नियमित गर्ने डिसिसक मेसिन तयारी अवस्थामा राखिएको डा. सुवास आचार्यले बताउनुभयो ।

डा. केसीले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिनलाई पत्र लेखेर अहिले गरिएको भर्ना प्रक्रिया रोक्न, सरकारसँग यसअघि भएका सम्झौता पालना गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया