Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका छन् ।

yy

फिफा अध्यक्ष इन्फान्टिनाले विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ४८ र्पुयाउने प्रस्ताव गर्नुभएको हो । इन्फान्टिनोले समूह चरणअघि प्रारम्भीक नकआउट प्रतिस्पर्धा गराउने र त्यसबाट १६ टिम समूह चरणका लागि छनौट हुने तथा १६ टिम बाहिरिने प्रस्ताव गरेका हुन् ।

त्यसपछिको प्रतिस्पर्धा अहिलेको जस्तै रहने र त्यसमा ३२ टिम नै हुनेछन् । इन्फान्टिनाको प्रस्ताव अनुसार समूह चरण अघिको नकआउट खेलमा ३२ टिम सहभागी हुने र विजयी टिम समूह चरणका लागि छनौट हुनेछन् । समूह चरणका लागि १६ टिम भने बाइ पाएर जाने छन् ।

विश्वकप फुटबललाई प्रभावकारी बनाउने विषयमा विभिन्न प्रस्ताव आएको र त्यस विषयमा छलफल भइरहेको फिफाले जनाएको छ । आउँदो जनवरीमा हुने फिफाको काउन्सिलमा इन्फान्टिनोको प्रस्तावका बारेमा छलफल हुनेछ ।

सन् २०१७ भित्रमा यस विषयमा निर्णय लिइने इन्फान्टिनोले बताए । इन्फान्टिनोले गएको फेब्रुअरीमा फिफा अध्यक्ष बन्दा विश्वकपमा सहभागी हुने टिमको संख्या ४० र्पुयाउने बताएका थिए ।

तपाईको प्रतिक्रिया