Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – दशै सुरु भएसँगै पूवी नेपालमा सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका हुन् ।

thief

सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमित गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएका गाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए ।

पूर्वका सुनसरी, झपा, सप्तरी, सिराहाका मीमावर्ती गाविस निरिक्षण गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगका सदस्यहरु गोविन्द शर्मा र मोहना अन्सारी नेतृत्वको टोलीसँग स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा नभएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

भारतीय डाँकाको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् भने कोही बस्तु गोठमा ओछ्यान लगाएर सुत्ने गरेका छन् । बस्तुभाउँ समेत चोरी हसनु थालेपछि उनीहरु समस्यामा परेका हुन् ।

तपाईको प्रतिक्रिया