Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – ललिपुरको नख्खु जेलमा सरुवा रोग हैजाको प्रकोप फैलिएको छ । एक हप्ता अगाडि दुई तीन कैदीमा देखिएको हैजाबाट अहिले १५ जनाभन्दा बढी बिरामी परेको कारागार प्रमुख टेकबहादुर केसीले जानकारी दिनुभयो ।

बिरामीको वीर अस्पताल र सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । नख्खु जेलमा सात सय कैदीबन्दी र दुई सय सुरक्षाकर्मी रहेका छन् । अरु व्यक्तिमा रोग सर्ने सम्भावना बढेकाले सचेत रहेको र यसबारे जिल्ला जनस्वास्थ्य कार्यालय, खानेपानी र जिल्ला प्रशासन कार्यलयमा पनि जानकारी गराएको कारागार प्रमुख केसीले बताउनुभयो ।

ललितपुरको पाटन, गोदावरी लगायत क्षेत्रमा तीन महिना अघिदेखि हैजा देखिएको छ । हैजा पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । यसपाली काठमाडौं उपत्यकामा देखिएको हैजा लामो समयसम्म देखिएको हो । अघिल्ला वर्ष हैजा १ महिनामा नियन्त्रण हुने गरेको भएपनि यसवर्ष ३ महिनासम्म पनि देखिएको टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया