Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – सरकारले बजार अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने आपूर्तिमन्त्री दिपक बोहोराले बताउनुभएको छ । अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र दोषीलाई कारबाही गर्न नयाँ कानुन ल्याउने तयारी गरेको उहाँले बताउनुभयो ।

सोमबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने, आफ्नो व्याक्तिगत लाभको लागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेहरुलाई आर्थिक दण्ड गर्ने वा ५ देखि २० वर्षसम्म जेल चलान गर्ने सम्मको नयाँ कानुन ल्याउने तयारी गरेको बताउनुभएको हो ।

मन्त्री बोहराले ‘अहिलेको कानून संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं, छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं’ भन्नुभयो । उहाँले कालबजारी ऐनलाई समेत कडा तथा धारिलो बनाउने समेत सरकारले तयारी गरेको स्पष्ट पार्नुभयो ।उहाँले दसैँलाई महंगीबिनाको दसैँ बनाउने भन्नुहुँदै बजार अनुगमनलाई तिव्रता दिएको समेत जानकारी दिनुभयो ।

आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा विभिन्न दशवटा निकायका प्रमुख तथा निर्देशकहरुले बजार अनुगमन तथा मूल्यवृद्धि नियन्त्रणको काम गरिरहेको समेत मन्त्री बोहराले बताउनुभयो ।

दसैँ तिहारको समयमा चामल, दाल, चिनी, नुन, तेल लगायतका अत्यावश्यक वस्तुहरुको मुल्य वृद्धि नहुनेसमेत मन्त्रीले दाबी गर्नुभयो । ‘सरकारले कडाईका साथ यसबारेमा अभियान छेडेको छ, पर्याप्त निर्देशन दिएको छ, तपाईहरु ढुक्क हुनोस दसैँ तिहारमा कुनै हालतमा पनि मूल्यवृद्धि हुँदैन, यदि भएको थाहा पाए हामीलाई खबर गर्नुहोस् हामी तत्काल कारवाही गर्छौं’  उहाँले भन्नुभयो । मूल्यवृद्धि नगर्ने कुरामा खुद्रा पसलहरुले समेत सरकारलाई साथ दिएको उहाँले उल्लेख गर्नुभयो । सरकारले उपभोक्ताको सहुलियतको लागि काठमाडौं, ललितपुर र भक्तपुरमा सुहलियत बजार सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

‘अहिले बजारमा कहीँ कतैपनि अखाद्य वस्तु पाईँदैन, र म्याद नाघेको बस्तु भेटिँदैन्’, उहाँले भन्नुभयो ‘पछिल्लो समय सरकारले ४ सय ५२ जनालाई कारवाही गरिसकेको छ ।’ यस्ता कालोबजारीलाई कारवाही गर्न ऐन तथा कानुनमा केही प्राविधिक झमेला भने रहेको उहाँले उल्लेख गर्नुभयो ।

सरकारले अखाद्य वस्तु नष्ट गर्ने अभियानमा पछिल्लो समय ३ करोड मूल्य बराबरको म्याद नाघेका वस्तुहरु नष्ट गरिसकेकोले सरकार यो अभियानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया