बर्दिया – जेठाजुले हानेको ढुङ्गाले लागेर बर्दियामा एक महिलाको ज्यान गएको छ । पाताभार–८ का जवालसिंह ढकालले हानेको ढुङ्गाले लागेर भाइबुहारी मनसरा ढकालको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार राति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा रक्सी खाएका ढकालले ढुङ्गा प्रहार गर्दा बुहारी मनसराको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
घटनापछि फरार रहेका जवालसिंहलाई राति नै कैलालीको टीकापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।