Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

भक्तपुर – नेकपा माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संबिधान प्रति असन्तुष्ट जनाउँदै आएकाहरुको माग पुरा नगरे निर्वाचन असम्भव रहेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै भुसालले लामो समयदेखि जायज माग राख्दै संबिधान संशोधनको लागि आन्दोलन गर्दै आएका दलहरुको माग सम्बोधन नगरी निर्वाचन तोकिएको समयमा नहुने बताउनु भएको हो ।

pamfa

स्थानिय तहको पुर्नसंरचना बिगतकै जिबिसको इलाका र नगरपालिकलाई आधार मानेर कार्तिकसम्म तयारी सक्ने र कार्तिकमै स्थानियतहको निर्वाचन मिति घोषणाको तयारीमा तीन दलका शिर्ष नेता लागिरहेको उहाँले बताउनु भयो । संबिधान संशोधनको प्रस्ताव दशैं र तिहारको बीचमा सरकारले संसदमा पेश गर्ने तयारी गरिरहेको र तत् पश्चात निकासको सम्भावना निक्लने भुसालले बताउनु भयो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको पच्चीस बुँदेका बिषयमा अनाहक हल्ला गरिएको र यो कुटनीति मर्यादामै रहेको भन्दै पञ्चशिलताका आधारमा भएको उहाँले बताउनु भयो । उहाँले बाबुरामले राष्ट्रियताको सवालमा चिन्ता ब्यक्त गर्नु भएको तर्फ ब्यंङ्ग गर्दै बिगतको सरकारका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको पालामा गरिएको सम्झौतामा कुनै फेरबदल नभएको समेत जानकारी दिनु भयो ।

प्रतिपक्षमा रहेको एमालेले जति नै बिरोध गरेता पनि संबिधान कार्यान्वयनको पाटोमा भने देशको हितका निम्ती काम गर्ने भन्दै उहाँले संबिधानको सबल कार्यान्वयनमा एमालेले अवरोध नगर्ने उहाँले बताउनु भयो । पुनर्निर्माणका बिषयमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ लाख ७० हजार भन्दा अधिक घर परिवारलाई राहत उपलब्ध गराई सकेको र अन्य कामलाई तिब्रता दिइरहेको भन्दै उहाँले पुनर्निर्माणमा सरकार दत्तचित्त भएर लागेको बताउनु भयो ।

पर्वसँगै कालोबजारी बढेको गुनासोहरुलाई सम्बोधन गर्न सरकार लागि परेको र बजार अनुगमन देखि सर्बसुलभ पसलहरु सञ्चालन गरि सक्दो राहत प्रदानमा लागेता पनि सोचे अनुरुप कालोबजारी भने नियन्त्रण गर्न नसकेको स्विकार गर्नु भयो ।

तपाईको प्रतिक्रिया