Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – एमबिबिएस परीक्षामा पास गराई दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

काडमाडौं विश्व विद्यालय लिने एमबिबिसको परीक्षामा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा पुतलीसडकमा रहेको वल्ड वाईल्ड कन्सल्टेन्सीका सञ्चालक दीपकुमार साह र  कर्मचारी गणेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको घर सिन्धुली आम्बोट–९ का हो भने साह महोत्तरी गोरनपुर–६ का हुन् ।

उनीहरु दुई जना मिलेर विभिन्न डाक्टरहरु चिनेको र एसविविस परीक्षामा पास गराउने भन्दै काठमाडौं नागार्जुनकी सायसा पन्तबाट दुई लाख लिँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई असोज १३ गते पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया