Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपालका लागि चीनको राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । तर भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेन् । rajdut

समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएपनि उपाध्यायको नाममा भने एमाले सांसदका असहमती राखेका हुन् । एमालेका सांसदहरुले उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उहाँको नाममा सर्वसम्मति गर्न नसकिने बताएका थिए ।

एमालेका सांसदहरुको असहमतिका बीच पनि बहुमतबाट उपाध्यायको नाम भने अनुमोदन भएको छ । उपाध्याय माथी ओली सरकार ढाल्न भूमिका खेलेको एमालेको आरोप छ ।

तपाईको प्रतिक्रिया