Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – नेपालीहरूको महान् चाड वडादशैं अन्तर्गत आज द्रोस्रो दिन । नवरात्रको अन्तर्गत दोस्रो दिन आज देवी भगवतीको दर्शन र आराधनाका लागि देशभरका शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ । 1475372255mandir

दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दुर्गाका नौं रूपलाई नवदुर्गा भन्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया