Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

टोकियो – नयाँ शक्ति नेपालो भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको बिस्तार तीव्र रूपमा भइरहेको छ । डा. बाबुराम भट्टराईले यही सेप्टेम्बर १८ मा जापानमा बुद्धिजीवीहरूको समूहमा सम्बोधन गरेपश्चात यहाँका नेपाली समूहमा पनि नयाँ शक्तिको राम्रो प्रभाव परेको हो । naya-sakti-jpg

यसै क्रममा सेप्टेम्बर ३० का दिन ओसाकामा निवर्तमान संयोजक जीवन अंगाइको सभापतित्व तथा प्रादेशिक परिषद् सद्स्य भरत सिह नेगीको आथित्यमा भएको क्षेत्रीय भेलाले नर नारायण कंडेलको संयोजकत्वमा १५ सदस्यीय कान्साइ–क्युशु क्षेत्रीय समिति गठन गरेको छ । समितिको सह–संयोजकमा खिम खरेल (विष्णु) चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा अनिल पौडेल, केशरी धमला, रन्जु लामिछाने, हरीराम खड्का, सत्येन्द्र गुप्ता, हेमलाल गौतम, सरु भट्टराई, अरुण कुमार ठाकुर, जीवन सापकोटा, बाल कृष्ण सापकोटा, रामु पौडेल, जय लाल सापकोटा र मान बहादुर के सी रहनुभएको छ ।

भेलाले ४ सद्स्य उत्पादन तथा रोजगार प्रबर्द्धन प्राविधिक समिति नामक समिति पनि गठन गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजकको सल्लाह र क्युशु कान्साई क्षेत्रीय समितिको सिफारिस अनुसार यस समितिमा जीवन अंगाइ, डा विनोद बहादुर श्रेष्ठ, प्रकाश चन्द सापकोटा र भरत सिंह नेगी को चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया