Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – मृत्युको प्रतीक्षा गरेर बसिरहेकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज भेट्नुहुने भएको छ ।

क्यान्सर रोग लागेर विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पुर्जा पाएकी विकट जिल्ला जुम्लाकी सन्ध्या शाहीले स्वास्थ्य मन्त्रीलाई भेटेर केही भन्न मन लागेको भन्दै थापालाई खुला पत्र लेखेपछि मन्त्री थापा उनलाई भेट्न आज उनकै निवासमा जाने थापा निकट स्रोतले बताएको छ । सन्ध्याले थापालाई पत्र लेख्दै आफू मर्नुभन्दा अगाडि सरकारी अस्पतालमा आफूले भोगेकापीडालाई मन्त्रीसामु राखेर मात्रै मर्न पाए पनि आफूलाई केही हदसम्म शान्ति हुने बताएकी छिन् ।2046551874ss

उनले पत्रमा निकै मर्मस्पर्शी भावमा लेखेकि छिन्, ‘तपाईँ बिरामी हुँदा वा बिरामी लगेर हस्पिटल जाँदा हस्पिटलमा कति माया गर्छ ? कति आफ्नोपन देखाउँछ ? तपाईँलाई याद होला । अनुभव होला । तर मलाई त त्यस्तो कुराको अनुभवै भएन । यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेको छु । खासमा मैले धेरै दुख पाए । धेरै आपत् खेपे । पाएको दुख सम्झिदा लाग्छ म यो देशको नागरिक हैन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखे । त्यो बेथितिको सिकार भएँ ।’ उनले पत्रको अन्तिममा भनेकी छिन्,‘तपाईँलाई मेरा धेरै कुरा भन्नुछ ।

जुन कुरा चाहेर पनि यस पत्रमा लेख्न सक्दिनँ, भन्न सक्दिनँ । घाउ पनि दुखेर बढिरहेको छ । पीडाले मुटु कापिरहेको छ । म यो भन्दा बढी लेख्न सकिनँ । कृपया सक्नुहुन्छ भने म मर्नु पहिले हजुरसँग सबै कुरा भन्ने समय पाउँ । सक्नुहुन्न भने यो कामचाहिँ गरिदिनुहोला । देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्त होस् । लापरबाहीले एक वर्षपछि मर्ने नागरिक एक वर्षअघि नमरोस् ।’

तपाईको प्रतिक्रिया