Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

रुपन्देही – चाडपर्व लक्षित विशेष सुरक्षा अभियान सञ्चालन भएसँगै विभिन्न आपराधिक गतिविधिमा संलग्न ११ जना अभियुक्तलाई इलाका प्रहरी कार्यालय बुटवलले अाज सार्वजनिक गरेको छ ।

बुटवल र देवदह क्षेत्रमा चोरी डकैती गर्ने आपराधिक गिरोहलाई नै प्रहरीले पक्राउ गरेको जनाएको छ । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले विगतमा पनि आपराधिक क्रियाकलापमा संलग्न गिरोहको टोली नै पक्राउ गरिएको बताउनुभयो ।

पक्राउपर्नेमा गुल्मी ठूलो लुम्पेक–२ का ३२ वर्षीय अर्जुन विक, पाल्पा बन्दीपोखरा–३ का २५ वर्षीय राजन थापा, दाउन्नेदेवी नवलपरासीका अमर सोमै, बुटवल–१३ का २७ वर्षीय कृष्ण परियार र पाल्पा कोलडाँडाका ३१ वर्षीय चित्रबहादुर राना लुटपाटको अभियोगमा पक्राउ परेका हुन् ।

यिनीहरुले बुटवलको जितगढी, देवदहको चरङ्गे, बुद्धनगर आसपासका क्षेत्रमा विशेष गरी महिलाको गहना लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट घरेलु हतियार खुकुरी, दाउ, खुँडा गरी पाँच थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिएको गोली एक राउन्ड, ११ थान मोबाइल र लु’ ८ प ७५८३ नंको मोटरसाइकल बरामद गरेको छ ।

यसैगरी, बुटवलका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीनजनालाई पनि सार्वजनिक गरेको छ । घोराही दाङका २१ वर्षीय जनक क्षेत्री, सोही ठाउँ बस्ने २८ वर्षीय सुमन चौधरी र २२ वर्षीय दिनेश चौधरीले मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मरासिनीले बताउनुभयो ।

विशेष सुरक्षा अभियान सञ्चालनपछि चोरी, डकैती, लुटपाट र लागुऔषध जस्ता आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

तपाईको प्रतिक्रिया