Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

भैरहवा – काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको विमान भैरहवामा दुर्घटना भएको छ । विमान अवतरण गर्ने क्रममा धावन मार्गबाट चिप्लिएको हो ।

फ्लाइट नम्बर ८९३ यति एयरलाइन्सको विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानतिर गएको र सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । विमानमा २९ जना यात्रु रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया