Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडाैं –  नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । दसैँको समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ । दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुली बचत हुन्छ ।

त्यसैकारण दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले उत्पादन बढेकाले भारतबाट आयात भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताउनुभयो ।

माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने अवस्था छ । सो आयोजनाबाट उत्पादित विजुलीको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्दै हुनुहुन्छ ।

नेपालीको मुख्य चाड दशैंमा लोडसेडिङ कम गर्नुपर्ने बाध्यताका बीच खपत पनि घट्दा प्राधिकरणलाई सहज हुने देखिएको छ । त्यसैकारण औद्योगिक क्षेत्रमा खपत हुने बिजुली घरायसी उपभोक्ताका लागि वितरण गर्दा लोडसेडिङ घट्ने छ । तर, कोजाग्रत पूर्णिमा पछि भने अलिेकै तालिकाअनुसार बिजुली कटौती हुनेछ ।

तपाईको प्रतिक्रिया