Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । पूर्वी र पश्चिमी वायु सक्रिय भएकाले अहिले विशेषगरी मध्य क्षेत्रमा मेघगर्जन सहित पानी परेको मौसमविदले बताएका छन् ।

आज दिनभरी नै मध्य र पूर्वमा मौसम खुल्ने संभावना नभएको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार एकैछिन खुलेपनि बेलुकीपख फेरि मौसम बदली भइ पानी पर्नेछ । विशेषगरी पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मध्य र पूर्वको मौसम पूर्ण बदली भएपनि पश्चिम नेपालको मौसम भने आशिंक बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया