Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि–मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकामा खुसी व्यक्त गर्दै शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।e485e9cdaf3fa315d6b220f4552f9b17

राष्ट्र सङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समद्धिका दिशामा अगाडि बढोस् भन्ने आफ्नो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाइदिन समेत आग्रह गर्नुभएको थियो । त्यस अवसरमा सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले गर्न सक्ने काम तथा कारबाहीका बारेमा समेत उहाँले चासो राख्दै सफलताको शुभकामना दिनुभएको थियो ।

राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटमा महासचिव मुनले संविधान कार्यान्वयनका अवस्थाका बारेमा राखेको जिज्ञासामा परराष्ट्रमन्त्री डा महतले सबै दलको सहमतिमा संविधान कार्यान्वयन प्रक्रियाले गति लिएको र शान्ति सम्झौताका हस्ताक्षरकर्ता नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत दल मिलेर संयुक्त सरकार गठन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया