Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

बाँके –  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताउनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताउनुभयो ।

ayodhi

नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’ बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिनुभयो ।

निर्वाचन गर्न आवश्यक पर्ने पाँच वटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको बताउँदै उहाँले राजनीतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन गाह्रो नहुने बताउँदै उहाँले भन्नुभयो– “राजनीतिक प्रतिबद्धता भए २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन गर्न सक्छौँ,राजनीतिक निर्णय गरेमा ९० देखि १२० दिनमा अयोगले निर्वाचन गर्न सक्छ ।”

उहाँले राजनीतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा जोड दिनुभयो । यसअघि सरकारले नै निर्वाचनको मिति तोक्दै आएकोमा अबदेखि भने आयोगलाई नै त्यो अधिकार दिँदा निर्वाचन गर्न सहज हुने उहाँको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले यसअघिका निर्वाचनमा खर्च विवरण नबुझाउने राजनीतिक दल तथा उम्मेदवारविरुद्ध आयोग कडा रुपमा प्रस्तुत हुने जानकारी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया