Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि नर्वेजियन राजदूत क्याजेल टोर्मोड पेट्टेर्सेनबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी गराउनुभएको थियो ।

pm

यस्तै प्रधानमन्त्री  दाहाल र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबिच पनि भेटबार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भूकम्पको पूनर्निर्माण सम्बन्धी विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गर्नुभएको थियो ।

भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत, ट्रान्समिसन लाइन, सोलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया